“साझा सहमतिमा, एमसीसी, पास हुन्छ : मन्त्री खड्का”
2021, October 23rd, Saturday

हाम्रो खबर संबाद दाता

“मोरङ, ६ कात्तिक : परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।”

“एमसीसीबारे साझा सहमतिका लागि प्रयत्‍न भैरहेको समेत बताएका छन् । उनले मुलुकमा अर्ली इलेक्सनको कुनै सम्भावना नभएको समेत स्पष्ट पारे । मन्त्री खडकाले भने”

‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ, अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर, राजनीति भनेको सम्भावनाको खेल भएकोले सबैको सहमति भयो चैत वैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।”

“नेपाल काँग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुनेछ।’

तपाईको प्रतिक्रिया