“दु;खी गरी;ब लाई यति धेरै  सयोग, गर्ने को हुन नेपाली चेली, सम्मान स्वरूप एक सेयर गर्नुहोस् ।
2021, October 23rd, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाण्डौ सामाजिक सञ्जाल मा निक्कै भाइरल हाथ मा पैसा मुट्ठी पारेर सडक पेटी मा सुत्ने भोखा गरीब लाई सहयोग दिने बहिनी #Givina magar उहाँ हुनुहुँदो रहेछ उहाँको यस सहयोगी मन र”

“मानवीय परिचय को सम्मान गर्दछु।तपाईं जस्तो नारी कमै पाइन्छ संसार मा।सबैले Share गरेर उहाँको यस का लाई सम्मान गरौ।”

“यो पनि:-“कुलमान आएदेखि, फेरि विद्युत, फला फाल दैनिक ५ सय, मेगावाट विद्युत खेर जादै”

“काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को खपत बढाउन नसक्दा दैनिक ५ सय मेगावाट विद्युत खेर गइरहेको छ ।”

“उत्पादन बढ्दै गर्दा अबको चुनौति भनेकै माग र खपत बढाउने रहेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् ।”

“शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताए ।”

“उनले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने बताए ।”

“अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए ।”

“उनले आजको चुनौति भनेकै माग बढाउने र विद्युत खपत बढाउने रहेको बताउँदै वर्षात्को कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताए ।”

“अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको उनले बताए । प्रवन्ध निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउने तर्फ प्राधिकरण बढीरहेको बताए । उनले इलेक्ट्रिकल भेकल र कुकिङ लगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने बताए ।”

“सोही कार्यक्रमा नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन सरकारको ध्यानाकर्षण गराए ।”

“थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।”

“नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे । उहाँले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए ।”

तपाईको प्रतिक्रिया