हाम्रोखबर संवाददाता 84 Views
भैरहवा :-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको बुद्धमूर्ति भैरहवा ल्याइएको छ।बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनाइएको उक्त बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो।”
“उक्त मूर्ति बिहीबार नै भैरहवा भन्सार परिसरमा ल्याइपुर्याइ पनि शुक्रबारमात्रै भन्सार प्रक्रिया पूरा भएको हो।लुम्बिनी गार्डेन फाउण्डेसनमार्फत् म्यान्मार सरकारले नेपाल सरकारलाई उक्त मूर्ति उपलब्ध गराएको फाउण्डेसनका सचिव तुल्सीराम लामिछानेले जानकारी दिए।”
“ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति बनाउँदा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यान्मारका खानी उद्योगीले उपलब्ध गराएकोले फाउण्डेसन र नेपाल सरकार कसैको पनि नगद लगानी नभएको लामिछानेले स्पष्ट पारे।”
‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर हो, हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को १२ अमेरिकी डलर मूल्य पर्छ, तर मूर्ति निर्माणमा फाउण्डेसन र नेपाल सरकार कसैको पनि लगानी भएको छैन,’ लामिछानेले भने।”
“म्यान्मारका भिक्षुहरूले ६ महिना लगाएर कुदेको उक्त मूर्ति करिब दुई अर्ब ५० करोड नेपाली रुपैयाँ मूल्यको रहेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए।”
“गिरीका अनुसार मूर्ति ल्याउँदा लागेको १२ हजार अमेरिकी डलर ढुवानी खर्च फाउण्डेसनले बेहोरेको छ भने नेपाल सरकारले भन्सार शुल्क छुट दिएको छ।”
“स्पेनमा रहेकोे लुम्बिनी गार्डेन फाउण्डेसनका लागि म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले उक्त बुद्धमूर्ति बनाएको थियो। तर फाउण्डेसनले बुद्ध र लुम्बिनीबारे विश्वमा शान्ति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल ल्याएको गिरीले बताए।”
“१ हजार ८ सय किलोग्राम तौलको उक्त मूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ।”
“मूर्ति अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्राम लगायत आसपासका स्थानीय पालिकामार्फत् नेपाल सरकारलाई प्रदान गरिने छ।”
“एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको उक्त बुद्धमूर्ति नयाँ निर्माण गरिएको टर्मिनल बिल्डिङको अगाडि गार्डेनमा राखिने छ। त्यसको लागि विमानस्थल आयोजनाले बेस निर्माण गरिसकेको छ।”
“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लैजानुपूर्व उक्त मूर्तिलाई शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराइने छ। त्यसपछि भैरहवाबाट लुम्बिनी परिपथ घुमाएरमात्र विमानस्थलमा लगिने छ।”
“भन्सार परिसरमै रहेको उक्त मूर्तिलाई राजकीय थाई बिहार लुम्बिनीका भिक्षुहरूले फूल मालाले सिंगारेर राखेका छन्।”
“त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधि मण्डल नेपाल आउने कार्यक्रम तय भइसकेको फाउण्डेसनले जनाएको छ।”
“गिरीका अनुसार बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र अन्य दुई जना मन्त्रीसमेत आउने कार्यक्रम तय भएको छ।”
“लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा बुद्धमूर्तिले सघाउ पुर्याउन सक्ने विश्वास व्यक्त गरे।”
“सोही विश्वासका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ र लुम्बिनी होटल संघले बुद्ध धुनको गुन्ज्यायमान र झाँकीसहित उक्त मूर्तिलाई भैरहवादेखि लुम्बिनीसम्म परिक्रमा गराउने तयारी समेत गरेका छन्।”
“अघिल्लो वर्ष राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगायतको टोली स्पेन गएको बेला यो मूर्ति नेपाल ल्याउने पहल अगाडि बढेको गिरीले बताए।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)