“बंगलादेश : दुर्गा पूजा, स्थलमा कुरान, राखेको आरोपमा, इकबाल हुसेन, पक्राउ”
2021, October 22nd, Friday

हाम्रो खबर संबाद दाता

“एजेन्सी । बंगलादेशमा दुर्गा पूजाको क्रममा धेरै क्षेत्रमा भएका साम्प्रदायिक हिंसाका मुख्य संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ। कुमिल्लाका प्रहरी उपरीक्षक फारुक अहमदले पक्राउ, परेका व्यक्तिको पहिचान इकबाल हुसेन भएको, बताएका छन्।”

“इकबाल हुसेन कक्स बजारको सुगन्धा बीचबाट पक्राउ परेका छन्। कक्सबजारका अतिरिक्त प्रहरी उपरीक्षक रफिकुल इस्लामले इकबाललाई बिहीबार पक्राउ गरिएको बताए। इकबाल हुसेनलाई कुमिल्ला जिल्लाको पुलिस हिरासतमा राखिएको एसपी फारुक अहमदले बताए ।”

“इकबाल हुसेन बंगलादेशको कुमिल्ला शहरको एक दुर्गा पूजा मण्डलमा कुरान बोकेका व्यक्तिको रूपमा पक्राउ परेका छन्। कुरानलाई सामाजिक सञ्जालमा फैलाउने कुरा पछि मात्र हिन्दुहरुको घर र पूजा स्थलहरुमा आक्रमण शुरू भएको जनाइएको छ।”

“प्रहरी अधिकारीहरुका अनुसार सीसीटीभी फुटेजको आधारमा अभियुक्तको पहिचान भएको हो। पछिल्लो एक हप्तामा भएको हिंसामा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।”

तपाईको प्रतिक्रिया