“खानेपानी संस्थान जनकपुरका, प्रमुखमाथि सीके राउतका, कार्यकर्ताले ना’ली’को,हि’लो पोतेर, गाउँ शहर परिक्रमा, गराए”
2021, October 21st, Thursday

हाम्रो खबर संबाद दाता

“कात्तिक ,४ जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दु’र्व्‍यव’हार’ गरेका छन् ।”

“बिहीबार ला’ठी र बाँसको भा’टासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ”

“उनीहरुले कुशवाहको शरीरमा हि’लो छ्याप्नुका साथै सर्टसमेत च्या’तेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दु’व्र्य’ब’हार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

“जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।”

“खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल’ निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् “

तपाईको प्रतिक्रिया