“भुवनपछि, करिश्मा–जितु एमाले, प्रवेशको तयारीमा”
2021, October 21st, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग अभिनेत्री करिश्मा मानन्धर र अभिनेता जितबहादुर नेपाल ‘जितु’ले भेटवार्ता गरेका छन् ।”

“बुधबार भक्तपुरको बालकोटस्थित ओलीकै निवासमा पुगेर मानन्धर र नेपालले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका चाँजोपाँजो एमालेबाट राष्ट्रय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल ओलीले मिलाएकी हुन् ।”

“बाबुराम भट्टराईको पार्टी छाडेपछि राजनीतिबाट निष्क्रिय बसेकी अभिनेत्री मानन्धरले आफूलाई एमालेतिर झुकाएकी छिन् ।”

“मानन्धरले आफू एमालेमा प्रवेश औपचारिक घोषणा नगरे पनि एमालेका अध्यक्ष ओलीसँग भेट गर्ने क्रममा सांसद कोमल ओली र हास्य अभिनेता नेपाललाई साँक्षी राखेर भेटवार्ता गरेकी छिन् ।”

“हास्य अभिनेता नेपालले पनि आफूलाई एमालेतिर झुकाब रहेको संकेत गरेका छन् । विगतमा कुनै पनि राजनीतिक दलसँग नखुलेका नेपालले बुधबार अभिनेत्री मानन्धर र सांसद कोमल ओलीसँगै निवासमा ओलीलाई भेट गरेर एमालेतिर आफ्नो झुकाव रहेको सन्देश दिएका छन् ।”

“नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका विभिन्न दलका नेताहरूलाई भेट गरेको तस्बिर अभिनेत्री मानन्धर र अभिनेता नेपालले सामाजिक सञ्जालमा राख्दैनन् । उनीहरूले ओलीसँग भेट गरेको तस्बिर हतार हतारमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।”

“विगतमा अभिनेता भुवन केसी पनि एमालेमा प्रवेश गरिसकेका छन् । केसीलाई तत्कालीन महासचिव माधवकुमार नेपालले एमाले बनाएका हुन् । केसीले एमाले छाडेको घोषणा गरेका छैनन् । एमालेको राजनीतिबाट अभिनेता केसी निष्क्रिय छन् ।”

तपाईको प्रतिक्रिया