“एमसीसी”ब्याज हैन आनुदान हो, नेपालको, हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री”
2021, October 21st, Thursday

हाम्रो खबर संबाद दाता

“प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ ।”

“गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएको स्पष्ट पारेका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ग्रान्ट हो ।”

“ब्याजमा होइन यो । ऋण होइन अनुदान हो ।’ एमसीसीको नाममा नेपालमा रहेका केही तत्वले बखेडा गर्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसी विशुद्ध नेपालको हितमा’ भएको बताएका छन् ।”

“एमसीसीमा केही सुधार गर्नुपर्ने पक्ष भए पनि अमेरिका तयार रहेको पनि उनले उल्लेख गरेका छन् । ‘एमसीसीमा करेक्सन गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।”

“त्यस्तै प्रधानमन्त्री देउवाले चैतसम्ममा लक्षित जनसंख्यालाई कोरोनाविरुद्ध खोप लगाइसकिने पनि बताएका छन् ।”

तपाईको प्रतिक्रिया