“लगातारको वर्षाले कालिकोटमा, ठूलो क्षति, २५० घरधुरी पहिरोले बगायो”
2021, October 20th, Wednesday

हाम्रो खबर संबाद दाता

“कालिकोट । जिल्लाको महावै गाउँपालिका– ७ राम्नी कोटवाडा गाउँमा रहेका ३१० घर मध्य २५० घरधुरी पहिरोले बगाएको छ । सबै घरका बासिन्दाहरु नजिकै रहेको राम माध्यमिक विद्यालयमा ओत लागेका छन् ।”

“राम माध्यमिक विद्यालयको भवन पनि जिर्ण अवस्थामा छ । वर्षासँगै विद्यालयका छानाहरु चुहिने भएका छन् । विद्यालयमा बालवालिका, महिला, किशोर किशोरी, जेष्ठ नागरिकलगायत अन्य मानिसहरु पानीको खालमा बस्नुपरेको छ ।”

“जिल्ला प्रहरी कार्यालय कालिकोट र रेडक्रस कालिकोटबाट हाल २० वटा पाल र १० वटा कम्बल राहत स्वरुप प्रदान गरिएको छ । राम्नी कोटवाडाबासीले मौषम सफा हुनासाथ सरकार मार्फतको राहत देख्न पाइन्थ्यो कि भनेर प्रतिक्षारत रहेका छन् ।”

“लगातारको वर्षासँगै आएको पहिरोले राम्नी कोटवाडा गाउँका विष्णुप्रसाद अधिकारीकी १८ वर्षिया छोरी स्मृती अधिकारीले यस पटकको वर्षाले आएको पहिरोमा परी ज्यान गुमाएकी हुन् ।”

“लगातारको वर्षासँगै कालिकोटका स्थानीय तहमा ठूलो रुपमा क्षति भएको छ । कार्तिक १ गतेबाट परेको लगातारको वर्षासँगै स्थानीय तहको हाटबजार जितेगडामा ठूलो रुपमा धनमालको क्षति भएको छ ।”

“कर्णाली नदी र तिला नदीको दोभानमा रहेको स्थानीय हाटबजार जितेगडामा टहराहरु नदिले बगाएपछि व्यापारीहरुको ठूलो क्षति भएको छ । धनमालको क्षति भए पनि मानविय क्षति भने जितेबजारमा भएको छैन । कर्णाली करिडोरमा गाडी वारपारका लागि जडान गरिएको फेरि पनी कर्णाली नदीले बगाएको छ ।”

“यस्तै जिल्लाको रास्कोट नगरपालिका– १ तामाकोटमा मंगल शाहीको घर भत्किँदा मंगलबार बेलुका ५ बजेतिर मानविय रुपमा क्षति नभए पनि धनजनको क्षति भएको छ । वडा नं. १ तामाकोटमा भने ७ घर उच्च जोखिममा रहेका छन् ।”

“नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह गरिएको छ । सदमुकाम मान्ममा रहेका घरहहरु पनि उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग अन्र्तगतको सुर्खेत जुम्ला सडक खण्ड ठाउँ ठाउँमा क्षतविच्छेद भएको छ । स्थानीय तहमा खनिएका सडक सञ्जालहरु भने पूर्ण रुपमा क्षति भएका छन्”

तपाईको प्रतिक्रिया