“कोमल वलिका, लागी एमालेको, ढोका बन्द”!
2021, October 19th, Tuesday

हाम्रो खबर संबाद दाता

“एमाले अध्यक्ष केपी ओलीलाई मख्ख बनाउँन कविता वाचन गर्दै हिँडेकी एमाले नेतृ एवं राष्ट्रियसभा सदस्य कोमल वलीका लागी एमालेको गेटमै ताल्चा लाग्ने अवस्था आएको छ ।”

“प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रथम विधान महाधिवेशन बाट सुझाव सहितको विधान कार्यान्वयनमा ल्याए पछि कोमल वलिका लागी एमालेको केन्द्रिय सदस्य बन्ने बाटो बन्द भएको छ ।”

“राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल वली अब नेकपा एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएकी छन् ।”

“एमालेको नयाँ विधान महाधिवेशनले केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी हुन् ।”

“एमालेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुग्नुपर्ने र महिलाको हकमा ७ वर्ष कायम गरिएको छ ।”

“तर, वलीको हकमा यी दुवै योग्यता कमी छ । र उनी आगामी एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी छन् ।”

“वली २०७४ सालमा राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमालेमा छिरेकी वली एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।”

“वलीसँगै जनता समाजवादी पार्टी (जसपा) बाट एमालेमा आएका शिवजी यादव र राजकुमार लेखी, पूर्वउपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्नबाट बञ्चित हुने भएका छन् ।तर, माओवादी र एमाले पार्टी एकता भई बनेको नेकपाका नेताहरुलाई भने केन्द्रीय सदस्य बन्न बाधा पुग्ने छैन ।””

तपाईको प्रतिक्रिया