“महाकालीमा फसेका,लाइ सेनाको हेलिकप्टरबाट  सकुशल  उद्दार”
2021, October 19th, Tuesday

हाम्रो खबर संबाद दाता

“कञ्चनपुर । महाकालीमा फसेका एकपरिवारलाई सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । अविरल वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेपछि बाढीमा फसेका भिमदत्त नगरपालिका वडा नम्बर ९ मुसेट्टीका एकै परिवारका ५ जनालाई नेपाली सेनाको हेलीकप्टरले उद्दार गरेको हो ।”

“सोमबार राति कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जनालाई मंगलबार सेनाको हेलिकप्टरले उद्दार गरेको हो ।”

“भीमदत्तनगर पालिका ९ मुसेटीमा फसेकाहरुलाई उद्दार गर्न सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड गर्नु परेको थियो ।
केहि समय पश्चात मौसममा परिवर्तन भए संगै हेलिकप्टर बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न सफल भएका होे ।”

“सेनाको हेलिकप्टर बाट उद्दार हुनेमा ३६ बर्षका पुष्कर नायक, ३२ वर्षका शान्ति नायक ,१० वर्षका अजय नायक, ४ वर्षका सुरज नायक र ५० वर्ष गौरी खड्का रहेका छन् ।”

तपाईको प्रतिक्रिया