“बाढीका बीच कञ्चनपुरको, महाकाली” टापुमा, पाँच जना, फसे”
2021, October 19th, Tuesday

हाम्रो खबर संबाद दाता

“आइतबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् । भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेका हुन् ।”

“खहरे खोला र महाकाली नदीको बीच बनेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले रातोपाटीलाई जानकारी दिए । उनीहरुको उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन भएको छ ।”

“महाकाली र खहरे खोलामा आएको बाढीले घेरिएर ५ जना फसेको भन्ने छ’ उनले भने, ‘उद्धार गर्न पनि कठिन छ । पहिल्यैदेखि त्यहाँ एक स्थानीयले कुखुरा फारम खोलेको र त्यहाँ आवत जावत गर्दै आएको जानकारी प्राप्त भएको छ ।”

“बाढीका कारण भिमदत्त नगरपालिका र दोधारा चाँदनीको तटीय क्षेत्रका सबै बस्ती डुबानमा परेका छन् । घर–घरमा पानी पसेको तर क्षतिको विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक न्यौपाने बताए ।”

तपाईको प्रतिक्रिया