“तीन दिनको, मौसम : उच्च पहाड र हिमाली क्षेत्रमा, हिमपातको सम्भावना”
2021, October 18th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले मध्यम हिमपात हुन सक्ने बताएको हो ।”

“काठमाडौं उपत्यकासहित देशभर शनिबार रातिदेखि मौसममा बदलाब आएको थियो । आज पनि देशभर मौसम बदली हुने महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश १, २ र वागमती प्रदेशमा मेघगर्जसहित वर्षा हुन सक्नेछ ।”

“सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।”

“महाशाखाका अनुसार बंगालको खाँडी तथा भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेको हो ।”

“मौसममा बदली भई पानी परेपछि किसानले पाकेको धान भित्र्याउन पाएका छैनन् भने कतिपयले काटेर भित्र्याउन तयार पारेको धान भिजेको छ ।”

तपाईको प्रतिक्रिया