“केपी ओलीले गोल, गर्नुपर्ने बेलामा नै गोल, गर्नुहुन्छ, देउवाको प्र,हार” बिजुलीको, पोलमा ठोक्किएर” फर्किएको छ : तामाङ (भिडिओसहित)”
2021, October 16th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, ३० असोज । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव एवम् सांसद शेरबहादुर तामाङले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जतिखेर गोल गर्नुपर्ने हो त्यति नै बेला निर्णायक गोल गर्ने बताएका छन् ।”

“उनले अहिले अध्यक्ष ओलीले वार्मअप गरिरहेको र खेलमा पनि विजयी हुने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आज मुलुकको सबै ध्यान केपी ओलीप्रति भएको बताए ।”

“प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक खेलमा गोल गर्न नसक्ने पनि उनकोदाबी थियो ।

उनले आगामी निर्वाचनपनि ओलीले नै गर्ने पनि सुनाए । उनले गोल गर्नको लागि ओलीलाई सरकारमा हुनैपर्छ भन्ने पनि नभएको भन्दै २०७४ सालको निर्वाचन स्मरण गराए ।”

“उनले ओली नेपाली राजनीतिको राजनेता भैसकेको पनि सुनाए । उनले देउवाले प्रहार गरेको बल नै पोलमा ठोक्किएर फर्किएको पनि बताए । पछिल्लो समय त देउवाले बल नै खेलाउन नसकेको पनि उनको टिप्पणी गरे ।”

तपाईको प्रतिक्रिया