“जेठान काण्ड, पछि चुइक्क, नबोलेका, प्रधान्यायाधिश राणा बल्ल आज बोले”
2021, October 15th, Friday

हाम्रो खबर संबाद दाता

“न्यायपालिका प्रमुख भएर कार्यपालिकामा पनि भाग खाएको आरोप लागेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा बल्ल आज बोलेका छन् ।”

“मन्त्रीपरिषदमा भाग मागेको खबर आए पछि सर्वोच्च आए पछि उनी बालेनन् तर सर्वोच्च अदालतलाईनै खण्डन गर्न लगाएका थिए । समाचारको खण्डन गरे पनि उनको कोटा बाट उनका जेठान गजेन्द्र हमाल मन्त्री बनेका थिए ।”

“हकाहाकी भाग खाएका राणाले चर्को आलोचना पछि जेठानलाई मन्त्री पदबाट राजिनामा गराएका छन् तर पनि उनको आलोचना भइरहेको छ। प्रधान्ययायधिशले राजिनामा दिनु पर्ने देखी महाअभियोग सम्मका कुरा आइरहँदा राणााले आज सालिन जवाफ दिएका छन् ।”

“जेठान प्रकरणको नामै नलिई चोलेन्द्रेले आज कुटनितिक भाषामा जवाफ दिएका छन् । जेठानलाई मन्त्री बनाँउँन आफ्नो कुनै संलग्ना नभएको आशयको अभिव्यक्ती दिएका छन् । अनावश्य टिप्पणी मात्रै भएको उनको आरोप छ ।”

“प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अनावश्यक रुपमा हुने आशंका र टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्न सक्ने बताएका छन् । उनले आज विजयादशमीको अवसरमा शुभकामना सन्देशमार्फत् न्यायपालिकाको संवेदनशीलताप्रति सचेत र सजक रहेको समेत बताएका छन् ।”

“‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी आवधारणाप्रति निष्ठापूर्वकको प्रतिवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्दछु,’ प्रधानन्यायाधीश जबराले भने, ‘त्यसमा कहीं कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि प्रष्ट पार्न चाहन्छु ।”

“उनले विजयादशमी लगायत चाडपर्वले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सदभाव कायम गर्न सदीऔं देखि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले भनेका छन्, ‘विविधताबीचको एकता कायम गरी सामाजिक सांस्कृतिक ऐक्यवद्धता प्रवद्र्धन गर्न यी चाडपर्वहरुले महत्वपूर्ण आधार प्रदान गर्दै आएका छन् ।’

तपाईको प्रतिक्रिया