“पुर्व राजा ज्ञानेन्द्र, शाहले देशलाई, द्रन्दमा धकेल्न खोजे अब देशबाट, लखेट्छौ :बाबुराम भट्टराई”
2021, October 14th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । उनले शाहे भ्रमको खेती गरेको भन्दै चुवचाप गणतन्त्र स्वीकार्न चेतावनी समेत दिए”

“राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’ जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले ट्वीट गर्दै लेखेका छन्,”

“पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीबोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’

पूर्व राजा शाहले दशैंको शुभकामना भिडियो सन्देशमार्फत् दिदै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने बताएपछि बाबुरामको पछिल्लो अभिव्यक्ति आएको हो ।”

“यो पनि:-“प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति”

“काठमाडौं, २६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् ।प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म बढीभन्दा बढी जिम्मेवारी थपेर पार्टी सदस्यता बढाउने रणनीति बनाएका छन् ।”

“प्रचण्डले पहिले संगठन विस्तार गर्दै लाने र अन्य शक्तिसँग पनि एकता वा चुनावी गठबन्धनको पहल थालिसकेका छन् । उनले विचार मिल्ने दल र समूहसँग एकता वा गठबन्धनको प्रस्तावहरु सारिसकेका छन् ।”

“एमालेबाट फुटेको नेकपा एससँग नेकपा माओवादी केन्द्रको एकता हुने सम्भावना छ । पूर्वमाओवादीसँग पनि प्रचण्डले एक ठाउँमा आउने गरी कुरा चलाइसकेको खुलाइसकेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द्र विप्लव, गोपाल किराँतीलगायतलाई एक ठाउँमा ल्याउने प्रचण्डको प्रयासबारे खुलासा भइसकेको छ ।”

“प्रचण्डले चाहेको जस्तो मन मिल्ने कम्युनिस्ट शक्तिसँग एकता भएमा उनलाई चुनावमा बलियो बनाउन सक्छ । पूर्वमाओवादी मात्र एकजुट हुँदा उनीहरुको स्थिति बलियो हुने निश्चित छ । त्यसमाथि पनि नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एस साथमा आउँदा प्रचण्डको पल्लाभारी हुनसक्छ ।”

“सत्ता गठबन्धनमा महत्वपूर्ण मन्त्रालयसहित रहेकाले पनि माओवादीलाई लाभ पुग्न सक्छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय पाएको छ । शक्ति सञ्चयका लागि यी मन्त्रालय महत्वपूर्ण सावित हुन सक्छन् ।”

“३१ लाख पार्टी सदस्यता बनाउने, विचार र उद्देश्य मिल्ने शक्तिहरुसँग गठबन्धन मिलाउने रणनीतिका साथ बढेका प्रचण्डले अबको चुनावमा एक नम्बरको दल बन्ने दाबी गरेका छन् । अहिले झट्ट हेर्दा प्रचण्ड कमजोर देखिएका छन् । तर, उनले शक्ति सञ्चय गर्दै बढेका छन् । यसले उनको महत्वाकांक्षी योजनामा साथ दिइरहेको छ ।””

तपाईको प्रतिक्रिया