“साफ ,च्याम्पियनसिप, उपाधिका, लागि, नेपाल र भारत भिड्ने”
2021, October 14th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।”

“बुधबार रातिको खेलमा माल्दिभ्सलाई ३-१ ले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो । फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।”

“बुधबारको अर्का खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो ।”

“भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो ।”

“भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो ।”

तपाईको प्रतिक्रिया