“अब राजसंस्था, फर्कने, सपना पनि, नदेखे हुन्छः गोपालमान श्रेष्ठ”
2021, October 13th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपालमा अब राजसंस्था फर्कने कल्पना नगरे हुन्छ भन्ने टिप्पणी गरेका छन् ।”

“उनले पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिनु एउटा कुरा भएको तर नेपालमा राजसंस्था फर्कने सपना नदेखे हुन्छ भनेका छन् । उनले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् ।”

“उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई राहत दिनेगरि कदम चाल्न पनि आग्रह गरेका छन् । उनले आफूले प्रधानमन्त्री देउवालाई साथ दिँदै आएको सुनाए।”

“र, अब आगामी दिनमा आफूलाई पनि सभापतिमा सघाउनुपर्नेमा जोड दिए । उनले आफू नै देउवाको नेचुरल उत्तराधिकारी रहेको सुनाए ।”

“उनले आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेद्धवारी रहेको सुनाए । र, सभापतिमा देउवाले आफूलाई अघि सार्ने उनले जनाए ।”

“उनले आफ्नो उम्मेद्धवारी तय भएसँगै सबै नेतालाई व्यवस्थापन गरेर अघि बढ्ने पनि विश्वास दिलाए । उनले देउवाले उम्मेद्धवारी दिए त्यो दुर्भाग्यपूर्ण हुने पनि जनाए ।”

“उनले आफूलाई सभापतिमा देउवाले सघाउनेमा आफू विश्वस्त रहेको सुनाए । उनले आफू नै सभापति देउवाको विश्वासपात्र भएको पनि सुनाए ।””

तपाईको प्रतिक्रिया