“चोलेन्द्रका, जेठान, बोक्ने देउवा,लाई अरुले, त केहि बोल्नै परेन रामचन्द्रलेनै, यति भने पछि”
2021, October 13th, Wednesday

हाम्रो खबर संबाद दाता

“परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रधान्यायाधिश चोलेन्द्र शमशेर राणालाई धमाधम भाग छुट्टयाउँन थाले पछि काग्रेस भित्रै चर्को आलोचना भइरहेको छ ।”

“प्रधनन्यायाधिश चोलेन्द्र शमशेर राणाको कोटा बाट मन्त्री भएका गजेन्द्र हमालले राजिनामा दिइसकेका छन् तर यसको पराकम्प भने व्यापक रुपमा गइरहेको छ। प्रधानमन्त्री समेत रहेका काग्रेस सभापति देउवा काग्रेस भित्रै घेराबन्दीमा पर्दै गएका छन्।”

“चोलेन्द्रका जेठान प्रकारणले काग्रेसको इजतनै गएको भन्दै देउवा इतरका नेताहरुले देउवाको झाँको झारिरहेका छन् । जेठान प्रकरणको चर्को विरोध गर्नेमा शेखर कोइराला गगन थापा पछि रामचन्द्र पौडल पनि थपिएका छन् ।”

“प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । आज चितवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाले अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाएकोले कांग्रेसको ईज्जत कहाँ गयो रु भन्दै प्रश्न गरेका छन् ।”

“प्रधानमन्त्री एवम् पार्टी सभापतिको कारण कांग्रेस चितवनका कार्यकर्ताहरुले कहिले सूर्य त कहिले हशियाँ हथौडामा भोट हाल्नुपरेको पनि उनको गुनासो छ । उनले भने,‘सारा कांग्रेसीजनहरुले रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ ।”

“त्यो कांग्रेस बनाउनुपर्छ ।’ उनले कांग्रेसमा भेदभाव हुन नहुने पनि जिकिर गरे । उनले आगामी महाधिवेशनमा पार्टीको हितमा काम गर्नसक्ने योग्य व्यक्ति नेतृत्वमा आउनुपर्ने पनि जोड दिए ।””

तपाईको प्रतिक्रिया