“मन्त्री बनाउँन, माधव नेपालले, मोटो रकम खाएको विषयमा, बोल्यो नेकपा एस”
2021, October 13th, Wednesday

हाम्रो खबर संबाद दाता

“नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले मोटो रकम लिएर किसान श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाएको आरोप लागे पछि नेकपा एस बोलेको छ ।”

“नेकपा एसकै नेता मेटमणी चौधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न नपाएको भन्दै हल्ला गर्दै हिँडे पछि एसले उक्त कुरा साँचो नभएको बताएको छ । सबै मन्त्रीहरु सामुहिक निर्णयका आधारमा नियुक्ती गरिएको भन्दै एसका महासचिव बेदुराम भुषालले डिफेन्स गरेका छन् ।”

“महासचिव डा वेदुराम भुसालले पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई नै मन्त्री बनाएको बताउँदै यसलाई विवादित भन्नु उचित नहुने दाबी गरेका छन् । विगतमा पुष्टि नहुने कुनै आरोप लाग्यो भन्दैमा जिम्मेवारी नदिने भन्ने नहुने उनको जिकिर छ ।”

“नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा। भुसालले भने, “माधवकुमार नेपालले गोजीबाट निकालेर मन्त्री बनाउनुभएको होइन । बकाइदा ११ सदस्यीय केन्द्रीय सचिवालयले निर्णय गरेको हो ।”

“त्यसैले त्यसमा कुनै कमी कमजोरी छ भने सामूहिक जिम्मेवारी लिनुपर्छ । पक्कै पनि हामीले धेरै जनालाई पठाउन सकेका छैनौं । कतिपय कामको मूल्यांकन गरेर मन्त्री बनाएका हौं । विद्रोहको अग्रपंक्तिमा रहेका साथीहरु पार्टी निर्माणमै लागौं भन्ने कुरा छ । मन्त्री भएका सबै जना जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसलाई विवादित भन्नु बेकार हो ।”

“एमालेको बदमासीले बाग्मती प्रदेशमा दसैं अगाडि मुख्यमन्त्री बन्न नसकेको उनले आरोप लगाए । उनले भने, “संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हो । बहुमत गुमाइसकेको अवस्थामा कति दिन टिक्छन् रु सभामुखले कात्तिक ४ गते बैठक राखेर संविधानविपरीत काम गरेका छन् ।” बाग्मती र प्रदेश १ मा एकीकृत समाजवादीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरे ।”

“महासचिव डा। भुसालले गजेन्द्र हमाल कांग्रेसको कोटा मन्त्री भएको बताउँदै प्रधानन्यायाधीशको सिफारिसमा बनाएको हो कि होइन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्नुपर्ने बताए । उनले थपे, “यसबारे हामी कुनै जानकारी राख्दैनौं ।”

“प्रधानन्यायाधीशले हामीसँग भाग खोजेको होइन, खोजे पनि प्रधानमन्त्रीसँग खोज्नुभएको होला । गजेन्द्र हमालले कांग्रेसको पुरानो कांग्रेस हुँ भनिरहेको अवस्थामा हामीले के अन्यथा सोच्ने ?” राजदूत नियुक्तिमा भागबन्डा हुनु स्वाभाविक भएको उनको कथन छ । उनले भने, “गठबन्धन भनेकै भागबन्डा त हो नि ।” रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको घटना दुःखद रहेको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने बताए ।”

तपाईको प्रतिक्रिया