डा. महाबिर पुन लाई नै बैंक सम्झी पैसा पठाउन थाले पछि!डा.पुन यस्तो लेख्नुहुन्छ,एक पटक सबैले पढ्नै पर्ने,
2020, October 31st, Saturday

admin

काठमाण्डौं । डाक्टर महाविर पुन र उनका टिमले अहिले राष्ट्रिय आविष्कार केन्द्र नेपाल सन्चालन गरि धेरै नै राम्रो काम गर्दै आएका छन् ।

यो केन्द्रको निम्ति अनेकौं नेपालीहरुले राम्रो भविष्यको कामना गर्दै सहयोगगरु गर्दै आएका छन् । पुनले हरेक अप्डेटहरु संजालमा पोष्ट्याउने गरेका छन् ।

उनले सामाजिक संजालमा पोष्ट्याउँदै विदेशमा हुनेहरुको लागि यसो गरे उत्तम होला भन्दै यस्तो लेखेका छन:

“जापानमा काम गर्ने एक जना बहिनीले मलाई नै बैंक बनाएकी छिन | बिगत तिन महिना देखि मेरो नाममा प्रतिमहिना १० हजार जति पठाई रहेकी छिन | अहिले सम्म जम्मा ३२ हजार १ सय ६० रुपैंया पठाईन | उनको भनाई यस प्रकार छ |

“जापानमा बसुन्जेल महिनाको १० हजार रुपैया हजुरको नाममा पठाउँछु र त्यसलाई तपाइंले जम्मा गरि दिनु होला | ५ बर्ष पछि नेपालमा फर्केर त्यो पैसाले केहि काम गर्नु पर्ला भनेकी छु |

मैले यहाँ जापानमा नै पैसा संकलन गर्ने प्रयास गरेको हो तर मेरो हात नै खराब भएकोले यहा पैसा बचाउन सकिन | भोली फेरी २/४ पैसाको लागी हामी जस्तो युवाले देश छोड्नु नपरोस् भन्ने मेरो विचार हो |”

चिन्दै नचिनेको मान्छेले साह्रै विश्वास गरेर पैसा पठाए पछि नपठाउ भन्न मिलेन | “ल ल तिम्रो पैसा बैंकमा जम्मा गरि दिन्छु” भनेको छु | यो घटनाले मेरो दिमागमा एउटा विचार फुरेको जस्तो लागेको छ |

यसरी बिदेशमा बस्ने १ हजार जना नेपालीहरुले प्रति व्यक्ति प्रति महिना १० हजारको दरले पैसा जम्मा गर्ने हो भने एक महिनामा १ करोड रुपैंया जम्मा हुने रहेछ |

अनि १ हजार जनाले प्रति व्यक्ति प्रति महिना ५ हजार रुपैंयाको दरले जम्मा गर्ने हो भने एक महिनामा ५० लाख जम्मा हुने रहेछ | यसरी धेरै जनाले थोरै थोरै पैसा जम्मा गरेर कुनै राम्रो उद्योग वा ब्यबसायमा लगानी गर्ने हो भने त नेपालमा रोजगारीको पनि सृजना हुने र देशको आर्थिक बिकास पनि होला जस्तो देखियो |

साथै थोपा थोपाले समुन्द्र भरिने जस्तो पनि देखियो | यो मेरो बिचार मात्र हो किन भने यस्तो कुरा मैले यो भन्दा अगाढी सोचेको थिएन | तपाइहरुलाई यो सोच कस्तो लाग्यो, सच्चा हृदयले कमेन्ट गर्नु होला | धन्यबाद

तपाईको प्रतिक्रिया