“ढाँट्ने कामको, जिम्मा, ओलीलाई दिऊँ, कांग्रेसलाई सुहाउँदैन : गगन थापा”
2021, October 11th, Monday

हाम्रो खबर संबाद दाता

“नेपाली कांग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताएका छन् ।उनले गल्ती गर्ने छुट कांग्रेसलाई नभएको बताएका छन्न।”

“गजेन्द्र  हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो उनले भने उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन।”

“उनले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने बताए।”

“हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि उनले भने ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ।”

“कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ।काठमाडौंमा भएको एक कार्यक्रममा आइतबार बिहान थापाले यस्तो बताएका हुन् ।”

तपाईको प्रतिक्रिया