“प्रधानमन्त्रीले भने – काेराेना नियन्त्रण, गर्न नेपाल सफल बनिरहेकाे”
2021, October 11th, Monday

हाम्रो खबर संबाद दाता

“पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताए । आज आइतवार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।”

“उनले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरूलाई भिसा दिएको बताए । उनले नेपालले पूर्ण रूपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रूपमा नियन्त्रण गर्न सरकार सफल भएको बताए ।”

“यो पनि:-“आफूलाई ‘राजकुमार’ नभन्न सिंहको आग्रह, भने- कार्यकता बनेर दु:ख कष्ट गरेर आएको हुँ”

“काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई ‘राजकुमार’ नभन्न आग्रह गरेका छन्। आफू राजनीतिमा गणेशमान पुत्र भएर मात्र स्थापित नभएको भन्दै ‘राजकुमार’ भन्नु उपयुक्त नभएको बताएका हुन्।”

“नेपाली कांग्रेस, काठमाडौं महानगर २२ वडाले आयोजना गरेको कार्यक्रममा सिंहले भने, ‘म राजनीतिमा राजकुमार बनेर प्रवेश गरेको होइन। त्यसको हेक्का सबैले राख्नुपर्छ।’

“सिंहले आफूविरुद्ध भ्रम सिर्जना गर्न पार्टीभित्र एउटा समूह सक्रिय रहेको आरोप समेत लगाए। गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गर्‍यो भन्ने आरोपको उनले प्रतिवाद समेत गरेका छन्।

“सिंहले आफू विद्यार्थी हुँदादेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भएको भन्दै भने, ‘बाबुआमाको नामबाट मात्रै राजनीति गरेको होइन। सामन्य कार्यकरताले जस्तै विद्यार्थी जीवनबाटै कार्यकता बनेर दु:ख,कष्ट, संघर्ष गरेर अगाडि बढेको हो।’”

“सिंहले तोकिएकै समयमा १४ औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतका कमीकमजोरीबाट पाठ सिक्न नसकेकोले संसदले पनि प्रभावकारी ढंगले काम गर्न नसकेको बताए।”

“‘तोकिएको समयमा महाधिवेशन गरेर निर्वाचनमा जानुपर्छ। सरकारले विगतबाट पाठ सिक्न सकेको छैन। त्यसैले संसद पनि चल्न सकेको छैन। संसदले प्रभावकारी भूमिका खेल्न नसकेकोले ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्छ’ उनले भने।”

तपाईको प्रतिक्रिया