“मन्त्रीहरुलाई माधव, नेपाल,को ठाडो निर्देशन, मलाई नसोधी पिए, पनि नियुक्ती नगर्नु”
2021, October 10th, Sunday

हाम्रो खबर संबाद दाता

“नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आफुलाई नसोधी कुनै निर्णय नगर्न निर्देशन दिएका छन् ।”

“पीए देखी सल्लाहकार सम्म नियुक्ती गर्दा पनि एकलोटी निर्णय नगर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् । मन्त्रीपरिषदबाट गराउँने कुनै पनि महत्वपुर्ण निर्णयहरु गराउँदा पहिला पार्टीमा छलफल गरेर सामुहिक निर्णय गर्न पनि उनले भनेका छन् ।”

“अध्यक्ष नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताकोपार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए ।हितमा काम गर्न निर्देशन दिएका छन् ।”

“नेपालले कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न सुझाव दिए ।अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिदएका छन् ।”

“नेपालले भने,‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका(बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् ।”

“सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।”

“अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडी नै सामूहिकरूपमा बसेर, छलफल गरेर साझा राय बनाएरमात्रै प्रस्तुत हुनुपर्ने बताए””

तपाईको प्रतिक्रिया