“एक्लै भिडेर देउवाले, पौडेल गुटको पसिना! छुटाइदिए, सभापति, जित्ने पक्का, बालुवाटार खुसी”
2021, October 9th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापतिहरूको नतिजा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच बराबरी देखिएको छ ।”

“हालसम्म दश वटा जिल्लाको सभापतिको निर्वाचन भएको छ । त्यसमध्ये देउवा ५ र पौडेल समूह ५ को संख्यामा छन् । तर, पौडेलले समूहले देउवालाई समूहलाई निच देखाउन जिल्ला सभापतिहरू देउवा समूहले ४० र पौडेल समूहले ६० प्रतिशतले जितेको अहल्ला फिजाएको छ ।”

“सभापति देउवा जसरी पनि सहमतिका साथ १४औँ महाधिवेशन गर्ने पक्षमा छन् । पौडेल समूह विभिन्न बखेडाहरूले गरेर महाधिवेशन विथोल्ने प्रयासमा छ ।”

“देउवाले महाधिवेशन विरोध एक शब्द पनि बोलेका छैनन् । पौडेल समूहले हदैसम्म तल झेर अभिव्यक्ति दिन थालेका छन् ।”

“सभापति देउवाको समूह एकलौटी रुपमा जिल्ला, गाउँ, नगर र वडा अधिवेशनमा संघर्ष गरिरहेको छ । पौडेल समूहका नेताहरूको हाइफाइ अलिक बढि नै देखिएको छ ।”

“पौडेल समूहमा कोइराला परिवार, प्रकाशमान सिंह, गगन थापालगायतका समूह आबद्ध छन् । गगनले सिंहलाई साथ दिएका छन् । गगन अब सिंहकै महामन्त्री बनेर फाइला लिने योजनामा छन् ।”

तपाईको प्रतिक्रिया