admin 647 Views
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेको भनिएको अडियो टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले आइतबार अदालतमा हाजिर हुने बताएका छन् ।
मिश्रले आफू जापानबाट दसैँमा काठमाडौं आएको र आइतबार अदालतमा हाजिर भएर अदालती प्रक्रिया पूरा गर्ने बताए । सोमबारसम्म अदालतमा आफूले संकलित प्रमाण पेश गरेर कानूनी प्रतिरक्षा गर्ने मिश्रले बताए ।
पूर्वमन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा गत फागुन १६ गते मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।
मिश्रलाई म्याद तामेल गर्न गएका अदालतका कर्मचारी पटक–पटक घर नभेटिएको भन्दै फर्किएका थिए । मुद्दा दर्ता गर्दा मिश्रको घर लमजुङको सुन्दरबजार नगरपालिका–७ भनिए पनि उनी काठमाडौंमा बस्छन् । तर, दुबै ठाउँमा म्याद तामेल गर्न जाँदा घर फेला नपारेपछि अदालतका कर्मचारीले उनलाई ‘बेपत्ते म्याद तामेलको सूचीमा राखेका छन् ।
‘अदालतको प्रक्रिया सकेर सम्भवतः मंगलबार म अख्तियारमा हाजिर हुन्छु,’ मिश्रले भने ।
१७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रलाई सात दिनभित्र अख्तियारमा बयानका लागि उपस्थित हुन निर्देशन दिएको थियो । अहिलेसम्म मिश्र अख्तियारमा हाजिर भएका छैनन् ।
बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्रले अख्तियारमा हाजिर भएर आफूले संकलन गरेको सबै प्रमाण पेश गर्ने दाबी गरेका छन् । उनी प्रमाण लिन भन्दै जापान गएर बसेका थिए । मिश्रका अनुसार अख्तियारलाई जानकारी गराएर बास्कोटासँगको सम्वादको भिडियो डिभाइस लिन उनी जापान गएका हुन् ।
कोभिड–१९ का कारण असहज अवस्थाले सहजै स्वदेश फर्किन नसकेको उनले बताउँदै आएका छन् ।
२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए । उनले जीटूजीका नाममा नीतिगत रुपमा भ्रष्टाचार हुन लागेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए ।
तर, मन्त्रिपरिषद बैठकले फ्रान्स र जर्मनीका मध्ये उपयुक्त कम्पनीलाई दिने गरी सञ्चार मन्त्रालयलाई स्वीकृति दिएपछि उनले अडियो सार्वजनिक गरेका थिए । यो प्रकरणपछि बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।अनलाइन खबर बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)