हाम्रोखबर संवाददाता 76 Views
“भक्तपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन् ।”
“माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा शुक्रुबार आयोजना गरेको भक्तपुर बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पछिल्लो समयमा हरेक पार्टीको समस्यासमेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताएका हुन् ।”
“उनले अबको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्दै भने, ‘गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहिले अरु पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्दा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, हाम्रो पार्टी फेरि पनि एक नम्बरमा आउँछ।’”
“अध्यक्ष प्रचण्डले अरु पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र साङ्गठानिकरुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।”
“जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको भन्दै उनले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको जनताले फेरी बुझेको बताए। उनले भक्तपुरबाट संशोधनवादीलाई लखेट्नुपर्छ भन्दै त्यस्ता तत्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्ने बताए ।”
“कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला संयोजक डिपि ढकाल, वाग्मति प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, जनवर्गिय सङ्गठन इन्चार्ज सुरेश न्यौपाने, ओम वाग्लेलगायतले पार्टीलाई देशको पहिलो दल बनाउन सबै सक्रिय रहने बताए”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)