“विकट गाउँदेखि मन्त्रीको, कुर्सीमा, पुग्ने काे हुन्, रामकुमारी ?
2021, October 9th, Saturday

हाम्रो खबर संबाद दाता

“विंस २०३४ सालमा गुल्मीको म्यालपोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो”

“रामकुमारी झाक्रीकाे एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको हाे । उनकाे माध्यमिक तहकाे शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडाैवाट भएकाे हाे ।”

“सानै उमेरदेखि राजनीति चासाे राख्ने उनी पृथ्वी माध्यमिक विद्यालयकाे प्रारम्भिक कमिटीमा पहिलोपटक सदस्यमा जाेडीएकी हुन । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री हाल प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी सांसद् हुन ।”

“समाजवादी पाटीकी केन्द्रीय सचिव रहेकी झाक्रिकाे राजनीति यात्रा विद्यार्थी राजनीति पृष्ठभूमिबाट शुरुवात भएकाे हाे । २०६५ सालमा तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा-महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन्। गाेकुल घर्तीलाई ७ सय मतअन्तरले पराजित गर्दै अनेरास्ववियुकाे ४० बर्षपछि अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला नेतृ बनेकी थिइन्।”

“त्यसपछि राजनितीमा उनको चर्चा झन चुलिएको हो । उनले अनेरास्ववियुकाे केन्द्रीय सदस्य,सचिवालय सदस्य,महिला विभाग प्रमुख,प्रचारप्रसार विभाग प्रमुख,सचिव,उपाध्यक्ष हुदै खुल्ला राजनीतिवाट अध्यक्षमा विजयी भएकि हुन । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीकाे सचिव छिन् ।”

“तत्कालीन नेकपा एमालेको नवाैं महाधिवेशनमा सदस्य पदमा समेत उनी निर्वाचित भएकि थिइन । राजनीति जिवनमा उनले पटक पटक प्रहरी हिरासतमा दिनहरु विताएकि छन भने कयौंपटक आन्दोलनकाे क्रममा घाइते भएर अस्पतालकाे वेडसम्म पुगेकी छन ।”

“पछिल्लोपटक तत्कालीन प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक स‌ञ्जालदेखि चियापसलसम्म उनको बारेमा चर्चा परिचर्चा सुरु भयो । झाँक्रीलाई प’क्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन भएको भन्दै सरकारको आलोचना समेत गरे।”

“गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन्। उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम प्रक्राउपुर्जी दिइएको थियोे । तर चर्को बिरोधपछि प्रहरीले सोहि दिन बेलुका रिहा गरिदियो । त्यसपछि झाँक्रीको झनै चर्चा चुलियो ।”

“उनकाे २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह भएको हाे । एक छाेराकी आमा रहेकी नेतृ झाक्रि विवाहपछि पार्टीभित्रको आन्तरिक कारणले राजनीतिमा जिम्मेवारी पाउने विषयमा पर्नुभएन ।”

“केही समय निष्क्रियजस्तै देखिएपनि उनी सधै राजनीतिमा सक्रिय नै रहेकि छन। लामाे समयकाे प्रेमपछि विवाह गरेकी झाक्रि विवाह अगाडि र पछाडिपनि राजनीति यात्रासङ्गै अन्य यात्रामा पशुपतिजीको साथ र सहयोग रहदै आएकाे छ ।”

तपाईको प्रतिक्रिया