“सपथ खान दौरा, सुरुवाल आईरन, गरेर बसेका, मेटमणि भए हिस्स !”
2021, October 8th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौं “नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ तर त्यसमा मेटमत्रि चौधरिको नाम भने छैन् ।”

“स्रोतका अनुसार उनले सपथका लागि दौरा सुरुवाल समेत तयार गरेका थिए । अब विस्तार हुने मन्त्रिपरिषदमा मेटमणि पक्का मन्त्री बन्ने भन्दै उनी निकटका नेता कार्यकर्ता खुसी भएका थिए ।”

“तर अन्त्यमा उनका लागि त्यो खुसी क्षणिक मात्रै बनेको छ ।नेकपा एसका सांसद विरोध खतिवडाले समाजवादीबाट सरकारको नेतृत्व गर्ने निर्णय भएको छ । उनलाई शहरी विकास मन्त्रीमा पठाउने निर्णय अध्यक्ष माधव नेपालले गरेका छन् ।”

“त्यसैगरी रामकुमारी झांक्री स्वास्थ्य, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उडयन र किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा शुक्रबार सपथ खांदैछन् । समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने भएको छ ।”

“यता माओवादीबाट भने उर्जामन्त्री पम्फा भुसालले सरकारको नेतृत्व गर्ने भएकी छन् । माओवादीबाट सरकारमा सहभागी हुन लागेका देवेन्द्र पौडेलले शिक्षा,शशि श्रेष्ठ खानेपानी र महेश्वर गहतराज भुमिसुधारमन्त्रीका रुपमा सपथ खाने टुंगो लागेको छ ।”

“नवनियुक्त मन्त्रीहरुको शुक्रवार सांझ ४ बजे सपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ । हाल स्वास्थ्यराज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने तयारी छ ।”

तपाईको प्रतिक्रिया