हाम्रोखबर संवाददाता 67 Views
“परमादेश बाट बनेको सरकारले तीन महिना पछि बल्लतल्ल सरकारलाई पुर्णता दिने तयारी गरको छ । तर दलहरु भित्र भने मन्त्रीका बिषयमा महाभारत सुरु भएको छ ।”
“मन्त्रीको टुंगो लगाए पछि भोलीपल्टै पार्टी फुट्छ भनेर दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिए पछि मात्रै सरकार विस्तार गर्न अड्डी कसेर बसेको जसपामा मन्त्री छान्ने विषयमा लफडा मच्चीएको छ ।”
“जसपा अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष बावराम भट्टराई र अर्का नेता अशोक राई विच बैठकमै नोकझोक चलेको छ । उपेन्द्र यादवले एकलौटी मन्त्री सिफारिस गर्न खोजे पछि बैठकमा चर्काचर्की भएको छ ।”
“अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई कार्यकारिणी समितिको बुधबारको बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न जिम्मा दिएको थियो।”
“अध्यक्ष उपेन्द्र यादवले आफू पक्षधरलाई मन्त्री बनाउन खोजेपछि संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता राईले आपत्ति जनाएका छन्।”
“सबै आफ्नोलाई च्याप्न खोजिएको छ र त्यसलाई मानिँदैन। जे मन लाग्छ गर्नुस्ु भन्दै भट्टराई र राईले यादवसँग असन्तुष्टि जनाउँदै भट्टराई र राइले बैठकनै बहिस्कार गरेका छन् । उपेन्द्र यादवले पनि एकलौटी भए पनि पठाउँछु भनेर कस्सिएका छन् ।”
“भट्टराई र राइले असन्तुष्टि जनाएपछि मन्त्री चयन हुन नसकेको उनले बताए। दुई नेताले बिरोध जनाएपछि उपेन्द्रपक्ष सरकारमा नजाने भएको उनको दाबी छ। जसपाबाट बाबुराम र अशोक पक्षका नेता चाँही सरकारमा सहभागी हुने उनको भनाइ छ।”
“शीर्ष नेताहरुको बिहीबारको बैठकमा जुटेको ’सैद्धान्तिक सहमति’अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइनेछ।”
“बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)