“मन्त्री खान नपाए पछि, नेकपा एसमा, चर्को विवाद राज्यमन्त्रीको, प्रस्ताव खापुङले, गरे ठाडो अस्विकार”
2021, October 8th, Friday

हाम्रो खबर संबाद दाता

“अवसरवादीले मात्रै मौका पाएको र पुराना मान्छेहरुलाई किनारमा पारिएको भन्दै नेकपा एस भित्र भाँडभैलो मच्चीएको छ । आफु भन्दा जुनियर किसान श्रेष्ठलाई मन्त्री बनाएको भन्दै नेता भवानी खापुङले राज्यमन्त्री पद ठाडै अस्विकार गरेका छन् ।”

“स्रोतका अनुसार आफुलाई हेपेको भन्दै खापुङले असन्तुष्टि जनाएका छन् । आफ्नो अवमुल्यन गरिएको भन्दै उनले एसका अध्यक्ष माधव कुमार नेपाललाई चेतावनी युक्त सन्देशनै पठाएका छन् । उनी मात्रै होइन मन्त्रीको माग नपाए पछि मेटमणी चौधरी , जीवनराम श्रेष्ठ लगायतका नेताहरु पनि माधव नेपाल सँग रुष्ट बनेका छन् ।”

“यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् । उनी निकट स्रोतले भन्यो , ‘सञ्चार माध्यममा राज्यमन्त्री बन्ने भनेर मेरो जोडिएको छ । तर मलाई कुनै नेताले राज्यमन्त्रीको प्रस्ताव पनि गर्नुभएको छैन । यदि राज्यमन्त्रीको प्रस्ताव आए स्वीकार्ने कुरा पनि हुँदैन भन्नुभएको छ ।”

“उनी तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गरेका थिए । यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।”

“एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।””

तपाईको प्रतिक्रिया