“मन्त्रीको सपथ, खान, ठिक्क परेकाहरु,लाई ,लाज हुने गरि भिम, रावलले दिए पंच”
2021, October 8th, Friday

हाम्रोखबर संवाददाता

“मन्त्रीको सपथ, खान, ठिक्क परेकाहरु,लाई ,लाज हुने गरि भिम, रावलले दिए पंच”

“परमादेश बाट प्रधानमन्त्री बनेको ३ महिना पछि सत्तागठबन्धनमा मन्त्रीको भागवण्डामा सहमती भएको खबर पछि नेकपा एमालेका उपाध्यक्ष भिम रावलले मुख भरिको जवाफ फर्काएका छन्”

“पछिल्लो सयम बढि नै कविता लेख्नमा विताएका राववलले गठबन्धनका नेताहरुलाई पनि मुक्तकका माध्यम बाट जवाफ फर्काका छन् । सबैको ध्यान कमिसन मन्त्रालय भन्दै उनले राजनिती भनेकै दाउपेच रहेछ पनि भनेका छन् ।”

“गठबन्धनका दलले आपसमा मन्त्रालय भागबन्डा मिलाएका दिन बिहीबार राति अबेर रावलले ‘गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र’ शीर्षकमा ६ लाइन मुक्त लेखेका हुन्।”

“पूर्वमन्त्रीसमेत रहेका रावलले राजनीति भनेकै दाउपेच र कुर्सी रहेको उल्लेख गर्दै यसकै लागि पार्टी र गठबन्धन गठन भएको आरोप लगाएका छन्।साथै उनले गठबन्धन सरकारको मन्त्रिमण्डलमा तस्कर र भ्रष्टाचारीलाई मन्त्री बनाइएको दाबी पनि गरेका छन्।”

“यस्तो छ, उनको मुक्तक

“गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र”

“राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ यसकै लागि पार्टी र गठबन्धन भएछ!”

तस्कर होउन् या कोही भ्रष्टाचारी हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी!”

“गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले बिहीबार आपसमा कुन कुन मन्त्रालय लिने तथा ककसलाई मन्त्री बनाउने भन्ने कुरा निश्चित गरिसकेका छन्।”

“सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएक जना पनि राज्यमन्त्री पाएका छन्।”

“सोअनुसार प्रधानमन्त्री बनेको ३ महिनापछि नेपाली कांग्रेसका सभापति देउवाले आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन् भने थपिएका मन्त्रीहरूले शपथ खाँदै छन्।”

तपाईको प्रतिक्रिया