“झन्डै ठुलो दुर्घटना बाट जोगियो, रनवेमा जाँदै गर्दा घाँसतिर, गयो यात्रुसहितको, श्री एयरलाइन्सको जहाज”
2021, October 5th, Tuesday

हाम्रो खबर संबाद दाता

“श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ।”

“त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार  नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।”

“‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।”

“श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए।  जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।”

“जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ। “

तपाईको प्रतिक्रिया