“भाडा नबढे,पछि रिङरोडमा, ५ सय बस, तेर्स्याएर आन्दोलन”
2021, October 4th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं । भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाडौंमा अन्दोलन गरेका छन् । सोमबार वव्यसायीले सडकमा सवारी साधन तेर्स्याएर आन्दोलन गरेका हुन् ।-”

“व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन् ।”

“सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा व्यवसायीले आन्दोलन गरेको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सम्बद्ध सवारी भने फाटफुट रुपमा चलिरहेका छन् ।”

“पटकपटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।”

“आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको उहाँको भनाइ छ । प्रदशे सरकारले भाडा नबढाए चोक(चोकमा सवारी तेस्र्याएर आन्दोलन गर्ने महासंघको चेतावनी छ ।”

“संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन ।”

तपाईको प्रतिक्रिया