“बाबुराम र माधव, नेपालको, मुद्दामा सुनुवाई हुँदै, सर्वोच्च अदालतले के देला, आज फैसला ?
2021, October 4th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ ।”

“सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको हो ।”

“प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरै अग्राधिकार प्राप्त उक्त रिटको सुनुवाइ तोकिएको छ । जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू​लाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै न्यौपानेले अख्तियारविरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।”

“बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियारले थुप्रैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने निर्णयमा संलग्न तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भइरहेको छ ।”

तपाईको प्रतिक्रिया