“माधव नेपालले हामीलाई उल्लु बनाउनुभयो” – सुरेन्द्र पाण्डे
2021, October 1st, Friday

admin

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले दश बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भैसकेको स्पष्ट पारेका छन् ।

उनले आफूहरु विधान महाधिवेशनको तयारीमा जुटिसकेको बताउँदै अहिले देखिएका आन्तरिक समस्या पनि समाधान गरिसकिने विश्वास दिलाए । उनले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज को हो भनेर हिजोको बैठक छलफलसमेत नभएको जिकिर गरे ।

प्राइम टिभीबाट प्र¥सारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले आफूहरु ए¥माले विभाजन गर्न कहिल्यैपनि भूमिका नखेलेको स्पष्ट पारे । उनले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साएको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे ।

उनले भने,‘हामीले माधव नेपालको पार्टीको विधान लेखेको भनेर गरिएको कुरा नचा¥हिँदो कुरा हो । यो विल्कुल गलत कुरा हो । नेकपा (एकीकृत समाजवादी) राखेको भनेर पनि मैले निर्वाचन आयोगमा दर्ता गराएपछि थाहा पा¥एको हो ।

तर, सत्य कुरा के हो भने हा¥म्रो पार्टीमा अन्तरविरोध थियो, तर हामी वार्तामा थियौं ।’ उनले माधव नेपालले आफूहरुलाई वार्ता गर्न भनेको तर आफू चाहीँ पार्टी विभाजनमा लागेको भन्दै उल्लु बनाएको गुनासो पोखे ।उनले भने,‘उहाँले वार्ता गर्न जा, यो यो कुरा गर भन्ने, अनि माधव ने¥पाल आफू चाहीँ अर्कै बाटोमा लाग्ने काम गर्नुहुँदैन् नि ।’

तपाईको प्रतिक्रिया