“परिस्थितीले साथ नदिएर मात्र हो नत्र म कलाकार हुन्थे” माओबादी केन्द्रका अध्यक्ष दाहाल
2021, October 1st, Friday

admin

काठमाडौं ।पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गीत संगीत प्रतिको मोह त सबैले देखेकै छन् । कहिले ढोल ठोकेर त कहिले बाँसुरी बजाएर चर्चामा आउने ग¥रेका छन् । त्यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि बेला बेला आफुलाई एकदमै फरक तरिकाले प्रस्तुत गर्ने गरेका छन् ।

रेखा थापा त कहिले ऋषि ध¥मला संग नाचेर चर्चामा आएका प्रचण्डले फेरी आज नयाँ कुरा खुलाएका छन् आफ्नो बारेमा ।उनले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् ।
सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा आज काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा उनले आ¥फु कला¥कार बन्न नसकेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले आफू भित्र सानै देखि कलाकारीताको छाप रहेको बताए । उनले गीत गाउने इच्छा भएपनि समयले साथ नदिएका कारण त्यस तर्फ ध्यान नदिएको बताए ।

परिस्थितिले अर्कै मोड¥मा पुर्याए पछि आफु भित्रको कलाकारीता मरेर गएको उनले खुलासा गरे । उनले भने- “मेरो पनि गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी छ। सानोमा आफूलाई गीत संगीततिर जान्छु भन्ने ठान्थें तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकारै हुन्थें होला जस्तो लाग्छ,।”

तपाईको प्रतिक्रिया