“लु’टे’को धन चोख्याउने माओवादी, एजेण्डाको कांग्रेस भरिया बन्यो : राप्रपा, नेता लिङ्गदेन
2021, October 1st, Friday

हाम्रोखबर संवाददाता

“राप्रपा नेता तथा सांसद् राजेन्द्र लिङ्देनले स्रोत नखुलेको धन लगानी गर्न खुला गरेकोमा गठबन्धन सरकारको आलोचना गरेका छन्। अपराध र अ’प’रा’धपूर्ण कारोबारबाट आर्जित धनलाई २०८० साल चैत मसान्तभित्र उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी गरे त्यसको स्रोत नखोज्ने प्रतिस्थापन विधेयक गठबन्धन सरकारले ल्याएकोप्रति उनले अ’प’त्ति जनाएका हुन्।”

“उनले यु’द्ध का’लमामा माओवादीले बैंक, वित्तीय संस्था र व्यक्तिका धन सम्पत्ति क’ब्जा गरी जम्मा गरेको धनलाई खुला गरी वैधता दिन खोजेको र माओवादीको साथमा रहेर कांग्रेसले पनि यस्तो अ’प’रा’धपूर्ण कार्यको म,,ति,या,र बनेको आ,रो,प लगाए।”

‘यु,द्धका,लमा लुटिएको सम्पत्ति विभिन्न व्यक्तिका नाममा विदेशमा लुकाएर राखिएको छ, त्यही धनको बलमा रातारात व्यवसायीको नाममा उदाएका केही व्यक्तिको नाममा लगानी गर्ने र का’लो धनलाई चोख्याएर त्यही धनले अझ अ,प,रा,धपूर्ण काम गर्न खोजिँदैछ,’ लिङ्देनले भने, ‘यो नेपालले अन्तर्राष्ट्रिय प्रोटोकलमा हस्ताक्षर गरेको मान्यता विपरीत छ। नेपाललाई कालो धनको अन्तर्राष्ट्रिय केन्द्र बनाएर बदनाम गर्ने प्रयास अविलम्ब रोकिनुपर्छ।’”

“उनले माओवादीको नेतृत्व लेलुटेका पैसालाई वैधता दिएर छद्म व्यवसायी उत्पादन गरेको र उसलाई अहिले माओवादी नाम नै घाँडो भएकोसमेत बताए।”

“‘माओवादी त यस्तै अ,प,रा,धपूर्ण छबिका कारण सकेसम्म आफ्नो नाम नै फेरेर अर्को राख्न चाहान्छ, तर काग्रेस चाहिँ माओवादीको एजेण्डा बोकेर हिँडेको छ,’ उनले भने, ‘कांग्रेसका नेता कार्यकर्ता मारेर लुटेको धन सेतो पारिदिन आज कांग्रेस नै माओवादीको एजेण्डा बोकेर हिँड्नुजस्तो कांग्रेस कार्यकर्ताको लागि लाजमर्दो कुरा के हुनसक्छ?’”

“उनीहरुको सम्पत्ति छानविन गरी राज्यले लिनुपर्ने उनको सुझाव छ।”

तपाईको प्रतिक्रिया