विद्यालयमा फोटो खिचाउँदा मास्क खोल्न मानेनन् बालक, भनेः “आमाले भनेको मात्र मान्छु”
2021, September 29th, Wednesday

admin

एजेन्सी।अमेरिकाको ला’स भेगसमा ६ वर्षका विद्यार्थीले विद्यालयको लागि तस्बिर खिचाउने समयमा पनि मास्क खोल्न मानेनन्। यो घटना यतिबेला विश्वभर भाइरल भएको छ।

एक कक्षामा पढ्ने ६ व¥र्षका म्याजन पिपल्सले विद्यालयमा आईडीकार्डको लागि फोटो खिचाउँदा मास्क खोल्न नमानेका हुन्। यतिबेला उनको आज्ञाकारी छोरा भनेर चर्चा भइरहेको छ। उनकी आमाले छोरालाई विद्यालयमा खाजा खानेबेला मात्र मास्क खोल्नु भनेका रहेछन्।

जसका कारण उनले वि¥द्यालयमा शिक्षक तथा फोटोग्राफरको मास्क खोल्नुपर्ने आग्रह मानेनन्। डेली मेलका अनुसार फोटोग्राफरले फोटो खिचाउँदा मास्क खोल्दा हुन्छ भन्दा बालकले भनेका थिए,‘नाई मेरो आमाले मास्क नखोल भन्नु भएको छ। खाजा खाँदा मात्र मा¥स्क खोल्नु भन्नु भएको छ। त्यसैले म मास्क खोल्दिन।’

बालकले मास्क खोल्न न¥मानेपछि उनले मास्क लगाएकै तस्बिर खिचिएको छ। जुन यतिबेला भाइरल भइरहेको छ। आमाको आज्ञाकारी छोरा म्याजनको लागि यतिबेला सहयोग कार्यक्रम संचालन गरिएको छ। जसमा हालसम्म १८ हजार अमेरिकी डलर रकम संचालन भएको बताइएको छ।

तपाईको प्रतिक्रिया