admin 100 Views
इलाम। दशैँ, तिहार, छठलगायतका मुख्य चाडबाड नजिकिँदै गएपछि बजारमा उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मूल्य बढ्न थालेको छ । सवारी साधनले मनपरी भाडा लिने गरेको गुनासो पनि सामाजिक संजालमा बाक्लै भेटिन्छ ।
एउटै औषधिको मू¥ल्यसमेत फार्मेसीपिच्छे फरक हुने गरेको उपभोक्ता हक हित संरक्षण मञ्च इलामकी उपाध्यक्ष दीपा आचार्यले बताइन् । ‘कतिपय औषधिको मूल्यमा त निकै ठूलो अन्तर पनि पाइन्छ’, उनले भनिन्, ‘सवारी साधनहरूले तोकिएको भन्दा दोब्बर बढी भाडा असुल गरेको गुनासो आउने गरेको छ । गाडीमा यात्रु खचाखच नै हुन्छन् तर सुुरक्षा मापदण्ड पालना छैन ।’ खाद्यान्न, तरकारी, फलफूल, ल¥त्ताकपडालगायत उपभोग्य सामग्रीको भाउ छोई नसक्नु भएको आचार्यले बताइन् ।
यसअघि बजारको नियमित रूपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिइएको छ । अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ ।
अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतका रूपमा तोकिएको छ । तर, नियमित र प्रभावकारी रूपमा बजार अनुगमन भएको छैन । नियमित रूपमा बजार अनुगमन नहुँदा उपभोक्ता गठिने क्रम बढेको उपभोक्ताको गुनासो छ ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले गृह मन्त्रालयले अनुगमनका लागि समन्वय गर्न पत्रचार गरेकाले चाँडै अनुगमन सुरु हुने बताए । ‘हामी चाँडै इलामका बजारको अनुगमन सुरु गर्छौं’, प्रजिअ खड्काले भने, ‘उपभोक्ताको पक्षमा उदार र व्यवसायीको पक्षमा निर्मम भएर बजार अनुगमन गर्छौं।’
प्रमुख जिल्ला अधिकारी खड्काले उपभोक्ता हक हित संरक्षण ऐनविपरीत गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए । जिल्लास्थित विभिन्न सरोकारवाला निकाय र संस्थाको प्रतिनिधिले गर्ने अनुगमनमा बिक्री गर्ने वस्तुको लेवल र मूल्य, मूल्य सूची, नियमनकारी निकायमा हुनुपर्ने दर्ता नवीकरण, पान/भ्याट दर्ता, भण्डारणलगायतका विषयमा अनुगमन गर्नेछ ।
यता, सवारी भाडा बढी असुलेको विषयमा जनगुनासो आए पनि जाँचको क्रममा भने यात्रुले नै तिरेको भाडा भन्न नचाहाने गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक किशोर तामाङ बताउँछन् । ‘प्रहरीले जाँच गर्दा यात्रुले तिरको भाडा रकम खुलाउँदैनन्, त्यसैले हामीलाई कारबाही गर्न समस्या छ’, उनले थपे, ‘बढी भाडा असुल्ने सवारी साधनको विषयमा जानकारी पाए कारबाही गर्छौं ।’प्रहरी निरीक्षक तामाङले इलामका आठ स्थानमा नियमित सवारी जाँच हुने गरेको बताए । पछिल्लो साता मात्र यात्रुसँग बढी भाडा असुल्ने सातवटा सवारी साधन कारबाहीमा परेको उनले जानकारी दिए ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)