“संसद विघटन गर्ने,हो भने, देउवा,लाई साथ दिन्छु : ओली”
2021, September 29th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेर चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । उनले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् ।”

“आफू प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका ओलीले अहिले पनि आफू संसद विघटनको पक्षमा रहेको र यसमा गठबन्धनलाई साथ् दिने बताएका छन् । उनले भने, ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ।’”

“मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले संसद विघटन गर्नको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने संकेत समेत गरेका छन् । अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीले बताए ।”

“ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा समेत राखेका छन् । ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दावी गर्दै आएका छन् ।”

“एमालेले सभामुख अग्नि सापकोटाले एमालेलाई फरक ब्यबहार गरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । कतिपयले ओलीले संसद देख्ने नचाहेको समेत बताएका छन् । संसद अवरुद्ध गरिरहेकै बेलामा उनको यस्तो अभिव्यक्ति आएको हो ।”

“अर्को प्रसंगमा ओलीले जेट दुईजना पाइलटले चलाउने भएपनि पार्टी नचल्ने रहेछ भन्ने पाठ सिकिएको भन्दै अब चुनाव जितेर एउटै पाइलटले ५ वर्षसम्म सरकार चलाउने बताए । ‘जेट दुई जना पाइलटले चलाउँछन् । तर पार्टी दुई पाइलटले चलाउँदा चल्दैन रहेछ’, ओलीले भने, ‘सरकार ५ वर्ष चलेन अब चुनाव जितेर एउटैले चलाइन्छ ।’””

तपाईको प्रतिक्रिया