“सुजाता कोइरालाको दाउ : पाए उपप्रधानमन्त्री,सहित र नपाए मन्त्रीनै भएर सरकारमा, जाने!
2021, September 29th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने भएकी छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसले महिला कोटाबाट कोइरालालाई मन्त्रीमा पठाउन लागेका स्रोतले बताएको छ ।”

“नेतृ कोइराला पूर्वउपप्रधानमन्त्रीसमेत हुनुहुन्छ । यो पटकको देउवा नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नराखिने तय भइसकेको छ । यद्यपि नेतृ कोइरालाले उपप्रधानमन्त्री भन्दा सानै पद भएर भएपनि सरकारमा जाने दाउमा रहेको बताइएको छ ।”

“स्रोतका अनुसार हाल उहाँ उपप्रधानमन्त्रीसहित सरकारमा जान लबिङ गरिरहनु भएको छ । उपप्रधानमन्त्री नपाए पनि उहाँ मन्त्रीनै भएर भएपनि सरकामा जाने चाहन जाहेर गरिरहनु भएको बताइएको छ ।”

“यसअघि देउवाले अफू निकट नेतृ पुष्पा भुसाललाई मन्त्री बनाउने चर्चा थियो । तर उहाँलाई देउवाले सरकारमा लैजान नचाहनुभएको बताइएको छ । नेतृ कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्ने तयारी भइरहेको बताइएको छ ।”

तपाईको प्रतिक्रिया