“बिमान जब लेन्डिंङ, गर्न सकेन भन्ने सूचना पाएका, यात्रुले त्यो पल, सुनाउंदै, यसो भने (भिडियो सहित)”
2021, September 27th, Monday

हाम्रो खबर संबाद दाता

काठमाडौ । आज (सोमबार) बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७३ यात्रु लिएर बुद्ध एयरको जहाज विराटनगरका लागि उड्यो। तर ल्यान्डिङ गियर (अवतरण गर्ने प्रविधि) मा समस्या आएपछि जहाज त्यहाँ अवतरण हुन सकेन। जसले गर्दा जहाज पुनः काठमाडौं नै फर्कियो। तर समस्या उही– अवतरण हुन सकेन। जसले गर्दा जहाज केही समय काठमाडौंकै आकाशमा घुमिरह्यो।”

“सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय (झन्डै २ घण्टा) आकाशमै होल्ड हुन परेको हो।”

“काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। जसले गर्दा बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ।”

“‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ”

“जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।”

“काठमाडौंबाट विराटनगर जान बुद्ध एयरको विमान चढ्दा यात्रुले उनीहरुको जिवनमा के हुनसक्छ भन्ने कल्पना पनि गरेका थिएनन् । जब जहाज विराटनगर पुग्यो अवतरण गर्ने क्रममा ल्याण्डिग गियरले काम नगरेपछि अवतरण हुन सकेन । विमान चालकले विराटनगरकै आकासमा धेरै पटक फन्को लगायो । तर पनि चक्का खुलेन । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । काठमाडौ आइसकेपछि पनि सोचेजस्तो सजिलै अवतरण हुन सकेन ।”

“विमानभित्र रहेका यात्रुहरु निकै डराएका थिए । कोही कराउन लागे भने कोही रुन लागे । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना पाइलटले बनाएको थाहा पाएपछि झन यात्रुहरु डराए । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर खुलेपछि त्यस्तो गर्नु परेन । विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौ फर्कदा सम्म खासै केही प्रतिकृया नदिएका यात्रुहरु जब काठमाडौ विमानस्थलमा पनि सजिलै अवतरण गर्न नसकेर फन्को लगाउन थाल्यो अनि यात्रुको होस उड्यो ।”

“जहाजभित्र रु’वा’बासी चल्न थाल्यो । माथिवाट हेर्दा विमानस्थलमा पनि सुरक्षाकर्मीहरु तयारी अवस्थामा देखेपछि झन के हुन लाग्यो भनेर डराए । कतिपयले त हामी यहिँवाट हा’म फा ल्छौं भ’नेर आग्रह पनि गरे । विमान परिचारिकाहरुले यात्रुलाई सान्त्वना दिइरहे । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी दिए ।”

“अर्का यात्रु अनमोल प्रधानल लगायतले विमानभित्रको अवस्था बताउन सक्ने अवस्थामा नभएको उल्लेख गरे । साना बालबालिका र उनीहरुका आमा ड’राएर रुन लागेपछि अवस्था झन विग्रन थालेको उनको अनुभव थियो । एयर होस्टेसको आँखामा पनि आँसु देखेपछि सबैले आस मा रे का थिए ।”

“अर्का यात्रु अनमोल प्रधानले भने, जहाजभित्र रु’वा’बासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवाबासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मा’रिसकेका थियौं । आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं ।”

तपाईको प्रतिक्रिया