हाम्रोखबर संवाददाता 54 Views
“काठमाडौँ- नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा पार्टीले पूर्णता नपाउँदै विवाद सुरू भएको छ । प्रतिनिधि सभामा १३ जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । तर दलको नेतामा महन्थ ठाकुरलाई मान्ने कि राजेन्द्र महतोलाई निर्वाचित गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद सुरु भएको छ ।”
“जनता समाजवादी पार्टी फुटेर बनेको लोसपाले जसपा फुट्न अघि ठाकुर-महतो पक्षधर सांसदहरूले भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा गई राजेन्द्र महतोलाई दलको नेता घोषणा गरेका थिए । अहिले भने दलको नेता कु हुने भन्नेमा समेत विवाद सुरू भएको बताइएको छ ।”
“त्यतिखेर डोलेश्वर रिसोर्टमा गई राजेन्द्र महतोलाई दलको नेता घोषणा गरेपछि पार्टीभित्रको विवाद अरू चर्किएको थियो । उपेन्द्र यादव पक्षधर सांसदहरूले महतोलाई दलको नेता स्वीकार गरेनन् । त्यत्तिखेर ठाकुर निकट पक्षधरहरूले महतोलाई दलको नेता घोषणा गरेका थिए,उपेन्द्र यादव पक्षधर नेताहरूले दलको नेतामा कसैलाई चयन नगरेको दाबी गरेका थिए । जसपा विभाजन पछि उपेन्द्र यादव पक्षले यादवलाई दलको नेता घोषणा गरिसकेको छ ।”
“महतो निकट सांसदहरूले पहिलेको परम्परालाई कायम गर्नु पर्ने अडान राखेका छन् तर महन्थ ठाकुर निकट सांसदहरू भने महतो निकट कार्यकारिणी सदस्य तथा सांसदहरू कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेकोले लोसपामा महतोलाई दलको नेता घोषणा गर्नु पर्ने आवश्यक नभएको तर्क राखेका छन् । महतो निकट ३ जना सांसदहरू कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर गएका छन् । यहाँसम्म कि, महतोले आफ्नै कोटाबाट समानुपातिक सांसद बनाएका नरमाया ढकालले समेत कित्ता परिवर्तन गरेकी छन् ।”
“स्रोतका अनुसार महतो निकट सांसद तथा कार्यकारिणी सदस्यहरूले कित्ता परिवर्तन गरेको कारण पनि दुई वा दुई भन्दा बढी अध्यक्ष राख्ने परम्परालाई यो पटक लोसपामा लागु गरिएन । ठाकुरलाई एकल अध्यक्ष बनाइएको छ भने महतोको मर्यादा दोस्रो नम्बरमा राखिएको छ ।”
“यसअघि महतो निकट नेताहरू लोसपामा दुई जना अध्यक्ष राख्नु पर्ने अडान राखेका थिए तर महतो कमजोर भए उक्त अडानबाट महतो निकट नेताहरू पछि हटेका छन् । लोसपामा १३ जना प्रतिनिधि सांसद, एक जना निलम्बित सांसद तथा एक जना राष्ट्रिय सभाका सांसद छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)