“यि हुन माओवादी, केन्द्रबाट मन्त्री बन्ने, सम्भावित सांसदहरु”
2021, September 26th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा छलफल सुरु गरेको छ ।”

“कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दिन नै दुई जना मन्त्रीपरिषदमा सहभागी गराएको माओवादी केन्द्रले थप चार जना मन्त्री र एक राज्य मन्त्रीको नामका बारेमा स्थायी कमिटीमा छलफल सुरु गरेको बुझिएको छ ।”

“सरकार बनेको धेरै लामो समय हुदा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । त्यही भएर सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रीको नाम माग्न थालेको पनि लामो समय भएको छ ।”

“तर गठबन्धनमा सहभागी दलहरुले मन्त्रीको नामावली नदिदा अहिलेसम्म मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रले भने अब अन्य दलहरुले नामावली नदिएपनि आफ्नो तर्फबाट एक दुई दिनमा मन्त्रीको नाम देउवालाई बुझाउने तयारी गरेको छ ।”

“माओवादीबाट मन्त्री हुने सम्भावित व्यक्तिहरु ,

१) देवेन्द्र पौडेल २) महेश्वर गहतराज  ३) सुदन किराँती  ४) शशि श्रेष्ठ  ५) हरि चौधरी  ६) अमनलाल मोदी”

तपाईको प्रतिक्रिया