दु:खद !चर्चित संचारकर्मि रवि लामिछाने र उहाँको धर्म पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्य लाभ को कामना,
2020, October 29th, Thursday

admin

काठमाडौ ।चर्चित सञ्चारकर्मी रबि लामि’छानेलाई कोरोना संक्रमण भएको छ । गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पीसीआर परीक्षण गर्दा आफु र पत्नी निकीता पौडेल दुबै मा कोरोना पोजेटिभ देखिएको सञ्चारकर्मी रबि लामिछानेले जानकारी गराएका छन् ।

अहिले दुबैको अबस्था सामान्य रहेको छ ।उनले केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने बताउदै घरमा बृद्धअबश्थाका सदस्य हुनेहरुले बिल्कुल लापरबाही नगर्न समेत सबैलाई आग्रह गरेका छन् ।

रवि लामिछानेले सामाजिक संजालमा यसरी जानकारी दिएका छन् :

“गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं। शिघ्र स्वास्थ्य लाभ को कामना गरौं ।

तपाईको प्रतिक्रिया