“मन्त्री भेट्न जनता, होइन, जनता भेट्न,मन्त्री गाउँ-गाउँ जानुपर्छः मन्त्री आचार्य”
2021, September 25th, Saturday

हाम्रोखबर संवाददाता

“काठमाडौं । मन्त्री भेट्न जनता होइन, जनता भेट्न भेट्न मन्त्री नै गाउँ गाउँ जानुपर्ने गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताएका छन् ।”

“मन्त्री आचार्यले जनताको समस्या बुझ्न जनताकै घरघरमा पुग्नु पर्ने बताएका हुन् ।”

“बिहीबारदेखि नवलपुर जिल्लाबाट जनतासँग मन्त्री, समस्या समाधानका लागि मन्त्रालय अभियान थालिएको छ । उक्त अभियानको थालनी गर्दै मन्त्रालयका सचिव सहित मन्त्री आचार्य जनताको समस्या बुझ्न घर–घरमा पुगेका थिए ।”

“अभियानले जनताको समस्या समाधानका लागि कोशे ढुङ्गा हुने मन्त्री आचार्यको भनाई थियो ।”

तपाईको प्रतिक्रिया