“कुनै समय मेलै माधव, नेपाल,लाई राम्रो भनेँ त्यसका लागी मलाई, धिक्कार छ :डा सुन्दरमणी दक्षित”
2021, September 24th, Friday

हाम्रो खबर संबाद दाता

“नागरिक समाजका अगुवा वरिष्ठ चकित्सक डा सुन्दरमणी दिक्षितले नेकपा एमाले विभाजन गराएर नेकपा एस बनाउँने माधव कुमार नेपालकै कारण देश बर्वादीको दिशामा गएको ठोकुवा गरेका छन् ।”

“ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा डा दिक्षितले कुनै समय माधव नेपाल विचार र सिद्धान्तको लागी लडेको होकि जस्तो लागेको थियो तर यो त सब पद र कुर्सीका लागी रहेछ । मैलै पनि माधव नपालले गरेको ठिक भन्ठानेको थिए होइन रहेछ मैलै बुझ्न सकिन मलाई पनि धिक्कार छ भनेका छन् ।”

“कुराकानीमा डा दिक्षितले एस पार्टीका अध्यक्ष माधव नेपाललाई एक नम्बरको लोभी , स्वार्थी र महाको षड्यन्त्रकारीको उपमा दिएका छन् । अहिलेको देशको यो अवस्था आउँनुको सबै दोष नै माधव नेपालको भएको डा दिक्षितले बताए ।”

“आफुलाई पनि केहि समय अगाडी नेपाल सिद्धान्त र विचारकै लागी लडेको जस्तो लागेको तर अहिले आएर त्यो झुट भएको थाहा पाएको दिक्षितले बताए । माधव नेपालले पद र कुर्सीकै लागी एमाले फुटाएको र अहिले पनि उनकै कारण सरकारले काम गर्न नसकेको देखी मन्त्रीपरिषद सम्म विस्तार हुन नसकेको बताए ।”

“कुराकानीको क्रममा माधव नेपाल प्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएका दिक्षितले कुनै समय आफुले पनि माधव नेपाललाई राम्रो भनेकोमा अहिले ठूलो पश्चाताप भइरहेको बताए । माधव नेपाललाई पहिले राम्रो भनेको मा डा दिक्षितले आफुलेले आफँैलाई धिक्कार छ भनेका छ ।”

“अहिलेको सरकारलाई नालायक र निकम्मा भन्दै डा दिक्षितले यो सरकार बाट कुनै आशा नै गर्न नसकिने बताए । यो देशमा सरकारनै छैन भन्दै दिक्षितले खोइ कहाँ छ सरकाररु भन्दै प्रश्न गरेका छन् । तुइन काटिएर नागरिकको ज्यान जाँदा बोल्न नसक्ने, इण्डीयनले नेपाली भूमीमा हेलीकप्टर उडाउँदा बोल्न नसक्ने यस्तो पनि सरकार हुन्छ रु डा दिक्षितले भनेका छन् ।”

“माधव कुमार नेपालले शेरबहादुर देउवालाई प्रयोग गरेर नेपाली काग्रेसलाई नै पत्रु बनाइसकेको भन्दै डा दिक्षितले अहिले माधव नेपालले प्रचण्ड देखी देउवा सम्मलाई षड्यन्त्र गरेर हैरान बनाइरहेको बताए । नेपालले देउवालाई टुपीमा समातेर घुमाइरहेको दिक्षितको ठहर छ ।”

“दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री देउवाले बल्डर गरेको भन्दै डा दिक्षितले देउवाको निधारमा कहिल्यै नमेटिने कलंको टिको लागेको पनि बताएका छन् । देउवाले एक पछि अर्को गल्ती गर्दै गएको भन्दै दिक्षितले उनी माथी नेपाली काग्रेसले एक्सन लिनुपर्ने बताए ।”

“काग्रेसका नेताहरुले बाहिर कराउँदै हिड्ने होइन तत्काल संसदीय दलको बैठक बसेर रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, कोइराला परिवार, गगन थापा सबै जना मिलेर देउवालाई तत्काल हटाउँनु पर्ने बताए । यहि पाराले देउवाले देश र काग्रेस दुवै सिध्याउँने डा दिक्षितको जिकिर छ ।”

तपाईको प्रतिक्रिया