‘फिस्टो मा’र्न’ मेसिन’ गन चाहिँदैन, बादल’लाई ह’राउन मनै काफी छु’
2021, September 24th, Friday

हाम्रोखबर संवाददाता

‘माओवादीका केन्द्रका सांसद एवम् केन्द्रीय सदस्य सुदन किरातीले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई हराउन आफू नै पर्याप्त रहेको बताएका छन्।’

‘ज’नयु’द्धका सैन्य कमाण्डर बादलले शुक्रबार चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफू चुनाव ल’ड्न तयार रहेको बताएलगत्तै किरातीले यस्तो प्रतिक्रिया दिएका हुन्।’

‘पछिल्लो समय माओवादी’बाट सरकारमा जाने भनिएका नेतामध्येका एक किरातीले बादलसँग लड्न प्रचण्डको जरुरी नै नपर्ने बताउँदै त्यसका आफैं काफी’ हुने बताएका छन्।”

“प्रचण्डनिकट मानिने नेता किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिस्टो मा’र्न कि’न मेसिन गन प्रयोग गर्ने? गुलेली मट्याङ्ग्रा नै काफी!’

“माओवादी छाडेर एमालेको राजनीति गरिरहेका बादलले चितवनको भरतपुर विमानस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रचण्डसँग चितवनमै आगामी निर्वाचन ल,ड्न, तयार रहेको बताएका थिए।”

“प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवन नै हो। उनीहरु दुवैजना सानैदेखि सँगै हुर्किएका साथी पनि हुन्। तर पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै बादलले तत्कालीन नेकपाको प्रचण्ड समूह छाडेर केपी ओली नेतृत्वको समूह रोजेका थिए।”

“फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि बादलसहितका माओवादीका नेताहरु एमालेमा समाहित भएका थिए। त्यसयता प्रचण्डले बादल र अर्का नेता टोपबहादुर रायमाझीमाथि लगातार आ,क्रो,श पोख्दै आएका छन्।”

“बिहीबार मात्रै वाईसीएलको पाँचखाल नगर भेलालाई सम्बोधनका क्रममा प्रचण्डले एमालेतिर गएका बादलको नामै सम्झिँदा पनि आफूलाई एलर्जी हुने बताएका थिए।”

“दुवै नेताको गृहजिल्ला चितवन भएकाले पत्रकारहरुले आगामी निर्वाचनमा उनीहरुबीच हुन सक्ने सम्भावित भिडन्तबारे पत्रकारले जिज्ञासा राखेका थिए।”

‘यो विषयमा अहिले, हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।'”

तपाईको प्रतिक्रिया