“उसै त रिसाउँन, नजानेका, देउवा, आज,त झन् उधुमै मच्चाएछन्”
2021, September 23rd, Thursday

हाम्रो खबर संबाद दाता

“नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सबैलाई थाहा भएको साझा विशेषता हो उनी उग्र रिसाउँछन् ।”

“पुरा कुरा वुझ्नु भन्दा अगाडीनै झोक चलेपछि रिसाइहाल्ने उनको बानी नजिकबाट चिनेकालाई मात्रै होइन देउवा भनेर अलीअली जानेकालाई पनि सामान्य भइसक्यो । सार्वजनिक रुपमै त कुटुलाँ झै गरेर रिसाउँने देउवा गोप्य बैठकमा के सम्म गर्दा हुन् अुनमान लगाउँन सकिन्छ ।”

“केहि समय अघि मात्रै भक्तपुरका नेता दुर्लभ थापालाई थर्काउँदाको कुरा होस् या केहि बर्ष अघि बिबिसीको सझा सवालमा देउवाको उग्रतानै किन नहोस् अनी न्युज २४ टेलिभिजनमा अन्तवार्ता दिँदा दिलभुषण पाठक सम्मको नोचझोकनै किन नहोस् यी देउवाका भाइरल रिसहरु हुन् ।”

“आज भने देउवाको रिसमा परेका छन् नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । अस्ती मात्रै एक कार्यक्रममा देउवालाई चलाख भनेर प्रशंसा गरेका पौडेलले आज देउवाको राम्रै झोकको सामाना गर्नु परेको छ । कति सम्म भने अवस्था मुख छोडाछोड सम्मै पुगेको बताइन्छ ।”

“नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेका छन् ।”

“पौने चार बजेबाट सुरु भएको बैठककमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सारेका थिए । त्यसमा एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए ।”

“पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्किएका थिए । देउवा झोक्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए । तर केही नेताले उनलाई समाएर बस्न आग्रह गरेका थिए ।”

“त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए । देउवा निस्किएपछि पनि अरू नेताहरू बसेर महाधिवेशनसँग सम्बन्धित केही निर्णय गरेका छन् ।”

तपाईको प्रतिक्रिया