“एमसीसीका कट्टर समर्थक,लाई परराष्ट्रमन्त्री बनाउँने सत्तागठबन्धनको निर्णय, देउवाको, प्रस्ताव प्रचण्डको साथ “
2021, September 22nd, Wednesday

हाम्रो खबर संबाद दाता

“परमादेश बाट सरकार बनेको ७५ दिन सम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर लाचार बनेको देउवा सरकारले बल्ल एकजना मन्त्री नियुक्ती गर्ने निर्णय गरेको छ ।”

“आज बसेको सत्तागठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना मिलीनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका कट्टर समर्थक डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउँने निर्णय गरेको छ । देउवाको ल्याएको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेकपा एसका अध्यक्ष माधव नेपाल सहितले पनि समर्थन गरेका थिए”

“सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मंगलबार साँझ साढे ६ बजेदेखि सुरु भएको बैठक भर्खरै सकिएको हो ।”

“बैठकले परराष्ट्र मन्त्री नेपाली काँग्रेसका नेता डा नारायण खड्कालाई बनाउने निर्णय गरेको छ । मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।”

“उनले भोलि पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ । अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन ।”

“मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो । लामो समय बितिसक्दा पनि मन्त्रीमण्डल पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना भएको छ ।”

“बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित महामन्त्री पूर्ण बहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराइ तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको थियो ।”

तपाईको प्रतिक्रिया